दोस्रो चरणको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकट टोलीमा २५ खेलाडीको नाम सार्वजनिक
News Desk
May-04 , 2025 तारिख 12:22 बेलुका

 दोस्रो चरणको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकट​ टोलीमा २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ।

आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय तथा टी-२० श्रृंखलाका लागि टोली तयारीमा जुटेको हो।

यसअघि मूलपानीमा सम्पन्न कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन। बाहिरिने खेलाडीहरूमा सीनियर खेलाडी कुशल मल्ल, सागर ढकाल, सन्दीप जोरा, र विवेक यादव लगायत रहेका छन।

त्यस्तै, युवा खेलाडी युवराज खत्री, रुपेस सिंह, किरण ठगुन्ना र शुभ कंसकार भने उत्कृष्ट प्रदर्शनका आधारमा दोस्रो चरणको क्याम्पमा स्थान बनाउन सफल भएका छन।

टोलीको अन्तिम टुंगो भने स्कटल्यान्ड प्रस्थान अघि गरिने छ।


यी हुन दोस्रो चरणको बन्द प्रशिक्षणमा परेका खेलाडी 
१‍। रोहित पौडेल (कप्तान)
२। आसिफ शेख
३। कुशल भुर्तेल
४। अनिलकुमार साह
५।दिपेन्द्रसिंह ऐरी
६।भीम सार्की
७। गुल्शनकुमार झा
८। अर्जुन साउद
९। बसीर अहमद
१०।किरण ठगुन्ना
११।आरिफ शेख
१२। युवराज खत्री
१३। दिलिप नाथ
१४। सन्दीप लामिछाने
१५। ललितनारायण राजवंशी
१६। शहाब आलम
१७। सोमपाल कामी
१८। करण केसी
१९। नन्दन यादव
२०। प्रतिस जीसी
२१। रिजन ढकाल
२२। आकाश चन्द
२३। रुपेश सिंह
२४।शुभ कंसकार
२५।लोकेश बम

 

धेरै पढिएको