म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामलाई युरोपा लिगको उपाधि
News Desk
May-22 , 2025 तारिख 12:08 बेलुका

स्पेनको सान मामेस स्टेडियममा बुधबार राति   भएको  फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले जित्दै टोनटह्यामले युरोपा लिगको उपाधि हात पारेको छ। 

टोटनह्यामले यो तेस्रोपटक युरोपा लिग उापधि जितेको हो। यसअघि टोटनह्यामले सन १९७२ र १९८४ मा उपाधि जितेको थियो। 

टोटनह्यामलाई उपाधि दिलाउन ब्रेनन जोन्सनले निर्णायक गोल गरे। पहिलो हाफको ४२ औँ मिनेटमा ब्रेननले गरेको गोल नै निर्णायक बन्यो। 

युरोपा लिग च्याम्पियन बनेसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको छ। च्याम्पियन्स लिगमा छनोट भएपटि क्लबले १ सय मिलियन पाउण्डको आर्थिक लाभ समेत पाउनेछ। 

आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले स्पर्स टोलीलाई दोस्रो सिजनमा उपाधि दिलाउने वाचा समेत पूरा गरेका छन। 

यता युनाइटेडका प्रशिक्षक रुबेन आमोरिमले आइतबार एस्टन भिल्लाविरुद्ध सिजनको अन्तिम प्रिमियर लिग खेलमा टोली उतार्नेछन। सन १९७३–७४ बो रेलिगेसनपछिको सबैभन्दा खराब सिजनपछि उनको क्षमतामाथि पनि ठुलो प्रश्न उठेको छ।

धेरै पढिएको