शनिबार साँझ सवा ९ बजेपछि नेपाल​ले उज्वेकिस्तानको साम​ना ग​र्ने
News Desk
Jul-05 , 2025 तारिख 07:27 बिहान

एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

शनिबार साँझ सवा ९ बजेपछि उज्वेकिस्तानमा खेल सुरु हुने तय भएको छ।

अस्ट्रेलियामा हुने आगामी वर्षको एसियन कपमा स्थान बनाउन दुबै टोलीलाई जित्नैपर्ने दबाब छ। त्यसैले यो खेल दुवैका लागि फाइनल जस्तै महत्वपूर्ण मानिएको छ।

आजको खेलमा जो हार्छ, त्यो टोली प्रतियोगिताबाट बाहिरिनेछ। त्यसैले नेपाल र उज्वेकिस्तान दुवैले जितको लक्ष्यसहित मैदानमा उत्रनेछन्।

यदि निर्धारित ९० मिनेटको खेलमा बराबरी भयो भने खेल सिधै टाइब्रेकरमा जानेछ। त्यसैले नेपाली टोलीले निर्धारित समयमा नै उज्वेकिस्तानलाई हराउने योजना बनाएको छ।

समूह चरणका पहिलो दुई खेलमा नेपाल र उज्वेकिस्तानले समान ६ अंक बटुलेका छन्। दुवैले दुई खेलमा १७–१७ गोल गरेका छन्।

नेपालले समूहको पहिलो खेलमा लाओसलाई ९–० तथा दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। त्यसैगरी, उज्वेकिस्तानले श्रीलंकामाथि १०–० र लाओसमाथि ७–० को जित हात पारेको छ।

धेरै पढिएको