वेल्स १-० ले पराजित, अन्तिम १६ मा स्थान बनाउन सफल
News Desk
Jun-21 , 2021 तारिख 07:29 बिहान

 

 

-युरोपेली च्याम्पियनसिपको समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल रहयो ।

वेल्समाथि जित हासिल गरेको इटाली समूहको अन्तिम चरणको खेल समाप्त भएसँगै ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहयो । वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो । यसअघि वेल्स र स्विट्जरल्यान्डको खेल १-१ को बराबरीमा सकिएको कारण गोलअन्तरले नै समूहमा स्थानको छिनोफानो भएको हो ।

स्विट्जरल्यान्डले भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ । ४ अंक जोडेको कारण पनि टोलीको सम्भावना बलियो देखिन्छ । टर्की भने अंकविहिन रहँदै युरोबाट बाहिरिएको छ ।

धेरै पढिएको