News Desk
नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा आजबाट व्यवसायीक मैनबत्ती तालिम शुरु भएको छ । महिला सशक्तिकरणका लागि शिप विकास कार्यक्रम अन्तर्गत मैनबत्ती तालिम शुरु कार्यक्रमको औपचारिक शुभारम्भ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य एवम् महिला चेम्बरकी महासचिव लिमा अधिकारीले गर्नुभएको हो ।
विभिन्न फ्लेवरका क्यानडलहरू उत्पादन गर्ने ट्रेनिङ का लागि राधाको बर्न सरभाईभर का २२ जना बर्न सर्भाईभरहरु रहेका छन् । जसमा राधा श्रेष्ठ प्रशिक्षकको भुमिकामा हुनुहुन्छ ।