चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेश कुमार अग्रवालको जीवनी
News Desk
Apr-11 तारिख 04:13 बेलुका

काठमाण्डौं । कमलेश कुमार अग्रवाल नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ । हालै सम्पन्न चेम्बरको ७३ औ साधारण सभाबाट उहाँ गरिमामय अध्यक्षको पदमा निर्वाचित हुन सफल हुनु भएको हो । उहाँले बैंकिङ, बीमा र पूर्वाधार उद्योगमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुभएको छ । अग्रवाल यस अघि राजेन्द्र मल्ल नेतृत्वको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष, राजेशकाजी श्रेष्ठ नेतृत्वको कार्य समितीमा उपाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो भने त्यसअघि महासचिव, सचिव र कार्य समिती सदस्य भएर करिब २५ बर्ष देखी चेम्बर आन्दोलनमा सकृय रहदै आउनु भएको छ । अग्रवालले विगतमा सरकारको अर्ध स्वामित्वको नेपाल ढलोट उद्योगको अध्यक्षका रुपमा सात बर्षसम्मको कार्यभार सम्हाल्नु भएको थियो ।

 

वाणिज्य शास्त्रमा स्नाकोत्तर अग्रवाल राजश्व सम्बन्धका जानिफकार एवम् ज्ञाता समेत मानिनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाटै व्यवसाय प्रशासन,

वाणिज्य तथा सार्वजनिक प्रशासनमा डिप्लोमा ह’दै वाणिज्य विषयमा स्नातकोत्तर गर्नुभएको हो । विगत साढे दुई दशकदेखी चेम्बर आन्दोलनमा सकृय रहदै आउने क्रममा अग्रवालले देशको राजश्व क्षेत्रको विकासका लागि उल्लेख्य योगदान पुर्याउदै आउनु भएको छ । अग्रवाल आम उद्योगी व्यवसायी माझ निकै लोकप्रिय समेत हुनुहुन्छ । उहाँको जन्म धरानमा भएको थियो ।

 

अर्थशास्त्रमो गहिरो ज्ञान राख्नु हुने अग्रवालले लेखा समिति, लगानी समिति र कर्मचारी कल्याण समिति जस्ता विभिन्न समितिहरूमा रहेर काम गर्नुभएको छ । त्यसो त कमलेश कुमार अग्रवालले काठमाँडौ उपत्यका खानेपानी बोर्ड, राष्ट्रिय बिमा संस्थान र एनएमबी बैंकको संचालक समितीका रहेर समेत काम

गरिसक्नु भएको छ ।

 

उहाँले नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड र नागरिक लगानी कोष सरकारको स्वामित्वमा रहेको वित्तीय संस्था को संचालक समितिमा रहेर पनि कार्यभार सम्हालि सक्नु भएको छ । निजी क्षेत्रको विकास र नेपाली अर्थतन्त्रमा व्यापार तथा वाणिज्य प्रतिस्पर्धात्मकता बढाउन उहाँले योगदान पु¥र्याउदै आउनु भएको छ ।

 

सरकारी नीति तथा कार्यविधिमा उहाँले दिएको प्रमुख सुझावले अर्थतन्त्रमा ठुलो परिवर्तन ल्याएको छ । अग्रवालको फोम र पोलिमर उद्योगहरुमा समेत लगानी रहेको छ । उहाँको रोबिन फोमिङ एण्ड पेपर प्रोडक्ट्स प्राईभेट लिमिटेड, रोबिन पोलिमर्स प्राईभेट लिमिटेड र रबिन कमर्शियल सेन्टर जस्ता

कंपनीमा लगानी रहेको छ । साथै उहाँले पर्यटन उद्योग अन्तर्गत हायत प्यालेस, काठमाण्डौं र कृषि अन्तर्गत जनता एग्रो एण्ड फरेष्टी लिमिटेड, र सिमेण्ट उद्योग अन्तर्गत सर्वोत्तम सिमेण्टमा लगानी विस्तार गर्नु‘ भएको छ । भद्र एवं शालिन स्वभावका अग्रवाल निजी क्षेत्रमा बौद्धिक व्यक्तित्वका रुपमा चिरपरिचित हुनुहुन्छ ।