News Desk
काठमाडौं। शिक्षकले अब प्रत्येक महिना तलब पाउने भएका छन। यसअघि प्रत्येक ४ महिनामा दीँदै आएको शिक्षकको तलब अब प्रत्येक महिना दिने नीति सरकारले लिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत उक्त घोषणा गरेका हुन। सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
राष्ट्रपति पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अघि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।