भन्सार विधेयक पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने अर्थमन्त्रीको भ​नाइ
News Desk
Jun-10 , 2025 तारिख 12:41 बेलुका

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन।

सोमवारको राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावउपर सांसदहरूले उठाउका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन।

उनले विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिने बताए। 

उनले सांसदहरूले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिएकामा धन्यवाद व्यक्त गरे। 

उनले भन्सारसम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथ भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको जिकिर गरे।

धेरै पढिएको