चर्को असन्तुष्टि भए पनि आगामी वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित
News Desk
Jun-25 , 2025 तारिख 02:25 बेलुका

 सत्तापक्षकै सांसदहरूको चर्को असन्तुष्टि भए पनि आगामी वर्षको बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । बजेटमा मनपरी भएको र निष्पक्षतामाथि छानबिन गर्नुपर्ने माग गरेका सत्तापक्षका सांसदहरूकै समर्थनमा आज विनियोजन विधेयक बहुमतले पारित भएको हो । 

अर्थमन्त्री विष्णु पौडेलले निर्णयार्थ पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । विधेयक निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले सदन बहिष्कार गरेका थिए । विपक्षीका कुर्सी खाली जस्तै थियो । विधेयकको विपक्षमा हात उठाउने सांसदहरू २० जना हाराहारीमा मात्रै थिए ।

धेरै पढिएको