" एसईई पास विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा दर्शन मोही सेवन गराइयो "
News Desk
Jul-20 , 2025 तारिख 12:41 बेलुका

साउन - ३, काठमाडौंमा निजि स्कुलहरूको संगठन स्याटले आयोजना गरेको एसईई २०८१ मा परीक्षा दिई पास भएका  विद्यार्थीहरूलाई सम्मान एवं विदाई कार्यक्रममा विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थको जानकारी गराउने एवं अन्य आयातित पिय पदार्थभन्दा स्वदेशी उत्पादन मोही सेवन गर्नु नै राम्रो हो भन्ने कुरा बुझाउँदै हिमालयन डेरी एण्ड रिसर्च सेन्टर काभ्रे बनेपाद्वारा उत्पादित दर्शन ब्राण्डको मोही कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यार्थी,अभिभावक, शिक्षक एवं कर्मचारीहरू सबैलाई सेवन गराइयो। 

नेपाल डेरी एसोसिएसनले विगत दुई वर्षदेखि आफ्ना सदस्यहरूको सहयोगमा प्रत्येक शनिबार दरबारमार्ग स्थित ओरिएन्ट क्याफेमा सञ्चालन हुने रैथाने कृषि उपज बिक्री हाट  बजारमा प्रत्यक्ष ठेकीमा तुल्याई निःशुल्क मोही वितरण गर्ने कार्य गरिरहेको छ । सो कार्यक्रमलाई तीव्रता दिँदै एसोसिएसन मातहतका सदस्यहरुले विभिन्न कार्यक्रमहरुमा समेत निःशुल्क मोही वितरण गरी मोहीको बारे प्रचारप्रसार गर्दै आइरहेका छन्।

नेपालका विभिन्न डेरी उद्योगहरूले हालसम्म ३८ वटा ब्रान्डमा मोही उत्पादन गरिरहेका छन् । उपत्यकामा भने पहिलो नवप्रभात डेरी उद्योग ललितपुरले प्रभात  बाण्डमा बजारमा ल्याएको थियो भने दोस्रो हिमालयन डेरी उद्योग काभ्रे बनेपा दर्शन ब्राण्डको मोही बजारमा आएको छ। हाल देशभरि फर्मल सेक्टरमा लेबलिङ प्याकेजिङ भएर ३० हजार लिटर भन्दा बढी मोही बिक्री हुने गरेको छ भने इन्फर्मल तवरले करिब दुई लाख ५० हजार लिटर मोही बिक्री हुने गरेको छ। यसले के देखाउँछ भने नेपाल डेरी एसोसिएसनले शुरु गरेको मही अभियानले गर्दा जनचेतना फैलिएको कारण मोही सेवन गर्ने बानी तीव्र गतिमा बढेको छ। यसरी स्वदेशी उत्पादन स्वदेश मै यसरी  उपभोक्ताद्वारा खपत हुँदा स्वदेशी मुद्रा बाहिर नजाने र नेपाली किसानद्वारा उत्पादित दुध तथा दुग्ध पदार्थ नेपालमै खपत हुने गर्दछ । यो अत्यन्तै खुसीको कुरा हो। केही समय अगाडिसम्म मोही सेवन गर्नु भनेको गाउँबाट आएको,  केही कुरा नबुझेको, पैसा खर्च गर्न डराउने, आफ्नो हैसियत नभएको भन्ने खालको हेराई र बुझाई थियो । आज यो कुरा चिर्ने काम नेपाल डेरी एसोसिएसनले शुरु गरेको मोही अभियानले गरेको छ । यो अत्यन्तै सकारात्मक कार्य हो । आज हरेक व्यक्ति, शुभ कार्य, विवाह, भोज, भत्तेर हरेक ठाउँमा मोही राखिने गरेको छ । यो अत्यन्तै राम्रो र सकारात्मक कुरा हो । अब स्वस्थ्यलाई पनि राम्रो, आफ्नै देशको उत्पादन खपत हुने हुँदा हामी सबैले मोही प्रबर्द्धनमा लाग्नुपर्छ ।  यसले हामी सबैको भलाई गर्दछ । स्वदेशी मुद्रा बाहिरीनबाट रोकिन्छ ।

धेरै पढिएको