कार्की ब​निन​ ’ एक करोड रुपैयाँको बम्पर पुरस्कार विजेता
News Desk
Jul-26 , 2025 तारिख 11:26 बिहान

धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका ६ की पार्वती कार्कीले एनसेलद्वारा सञ्चालित ‘सधैं अन करोडपति’ योजना अन्तर्गत एक करोड रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। शुक्रबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख वित्तीय अधिकृत (CFO) इनामुल कबिरले कार्कीलाई औपचारिक रूपमा पुरस्कार हस्तान्तरण गरेका हुन्।

२०७२ सालको विनाशकारी भूकम्पमा कान्छो छोरा र घर गुमाएकी कार्कीले पछिल्ला आठ वर्षदेखि एनसेलको सिम प्रयोग गर्दै आएकी थिइन्। असार महिनामा उनले रू ९९ पर्ने ‘बेसिक रिन्युअल’ प्याक खरिद गरी योजनामा सहभागी भएर एक करोड रुपैयाँ जितेकी हुन्।

“जीवनमा धेरै संघर्ष गरेकी थिएँ। अब यो पुरस्कारले नयाँ आशा र ऊर्जा दिएको छ। सबैभन्दा पहिले ऋण तिर्छु र श्रीमानसँगै नेपालमै उद्यम सुरु गर्ने योजनामा छु,” कार्कीले भनिन्।

एनसेलको यो १२ हप्ते योजना अन्तर्गत हालसम्म ५० जनाले साप्ताहिक रूपमा जनही एक–एक लाख रुपैयाँको पुरस्कार जितेका छन्। तीमध्ये ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको एनसेलले जानकारी दिएको छ भने बाँकी विजेतालाई प्रमाणिकरण प्रक्रिया पूरा भएपछि पुरस्कार दिइनेछ।

धेरै पढिएको