हस्तकला क्षेत्रका सिआइपीलाई महासंघद्वारा सम्मान
News Desk
Jul-27 , 2025 तारिख 09:46 बेलुका

काठमाडौं | नेपाल हस्तकला महासंघले हस्तकला क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न सिआइपी (महत्वपूर्ण व्यावसायिक व्यक्ति) हरूलाई विशेष सम्मान गरेको छ। केही दिनअघि सरकारले विभिन्न क्षेत्रका ३० व्यवसायिक कम्पनी तथा संस्थालाई सिआइपी घोषणा गरेकामा तीमध्ये धेरैजसो हस्तकला विधामा संलग्न रहेका छन।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा महासंघका अध्यक्ष रविन्द्र शाक्यसहित उल्लेखनीय योगदान दिने हस्तकला व्यवसायीहरूलाई सम्मान गरियो।

सम्मानितहरूमध्ये, वस्तुगत संघको प्रतिनिधित्व गर्ने नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठ, हस्तकला वस्तु निर्यातमार्फत सर्वाधिक विदेशी मुद्रा भित्र्याउने गिफ्ट ल्याण्ड इन्टरप्राइजेज प्रा।लि। का सञ्चालक पद्मरत्न धाख्वा, तेस्रो मुलुकमा सबैभन्दा धेरै फेल्टजन्य हस्तकला वस्तु निर्यात गर्ने नेशनल एक्सपोर्ट्स प्रा।लि। का सञ्चालक चन्द्रबहादुर थापा, एक अर्बभन्दा बढीको निर्यात गर्ने एभरेष्ट फेशन का प्रमुख कार्यकारी अधिकृत महेश्वर श्रेष्ठ, चीनतर्फको निर्यातमा तेस्रो स्थान हासिल गर्ने अष्टमंगल का प्रोप्राइटर उर्गेन लामा, र स्टार्टअप व्यवसायीतर्फबाट माइण्डफुल क्राफ्ट प्रा।लि। का प्रबन्ध निर्देशक कुवेर सापकोटा रहेका छन।

सो अवसरमा मन्त्री भण्डारीले हस्तकला क्षेत्रले नेपालको निर्यात व्यापारमा मात्रै होइन, अन्तर्राष्ट्रियस्तरमा नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धनमा पनि उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्नुभयो।

कार्यक्रममा महासंघ अध्यक्ष शाक्यले हस्तकला उद्योगलाई संस्थागत विकास गर्न ंहस्तकला नीतिं आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

धेरै पढिएको