News Desk
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी सुकिला नोट वितरण गर्न सुरु गरेको छ। राजधानीको थापाथलीस्थित मुख्य कार्यालयबाट बुधबारदेखि सर्वसाधारणलाई नोट साट्न सुरु गरिएको हो।
यस वर्षको देशको परिस्थितिलाई मध्यनजर गर्दै नोट साट्न आउनेको संख्या विगतको तुलनामा केही कम देखिएको छ। राष्ट्र बैंकका अनुसार एक व्यक्तिले बढीमा रु ५ देखि रु १०० दरका नोटको एक सेट लिन सक्नेछन्। सो सेटको कुल मूल्य रु १८ हजार ५०० हुने बताइएको छ।