मन्त्री मदन परियारले पदभार सम्हाले, मल अभाव समाधान गर्ने प्रतिबद्धता
News Desk
Sep-23 , 2025 तारिख 11:15 बिहान

कृषि तथा पशुपन्छी विकासमन्त्रीका रूपमा नियुक्त मदन परियारले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएपछि उनी मन्त्रालय पुगेका थिए।

पदभार ग्रहण कार्यक्रममा मन्त्री परियारले हरेक वर्ष दोहोरिँदै आएको मल अभावको समस्या समाधान गर्ने दृढता व्यक्त गरे। उनले सरकारको अठोटअनुसार फागुन २१ गते निर्वाचन सम्पन्न गराउने प्रक्रियामा आफ्नो ध्यान केन्द्रित हुने पनि उल्लेख गरे।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास क्षेत्रमा देखिएका बेथितिहरू अन्त्य गर्न मन्त्रालयका कर्मचारीहरूसँग मिलेर अघि बढ्ने प्रतिवद्धता उनले जनाए।

धेरै पढिएको