News Desk
काठमाडौं, असोज ७। दूधलाई पूर्ण पौष्टिक आहारका रूपमा स्थापित गर्दै यस वर्ष पनि विश्व स्कुल दूध दिवस नेपालमा भव्यताका साथ मनाइने भएको छ। नेपाल डेरी एसोसिएसनको पहलमा वि।सं। २०७२ सालदेखि मनाउन थालिएको यो दिवस यस वर्ष नेपालमा ११औं र विश्वमा २५औं पटक मनाइँदैछ।
यस अवसरमा नेपाल डेरी एसोसिएसनले काठमाडौंको हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलमा “दूध पान कार्यक्रम” आयोजना गर्ने भएको छ। दिवसको नारा “बालबालिकाको स्वास्थ्य तथा उज्ज्वल भविष्य, दैनिक दूध अनिवार्य/छिल्द्रेनंस हेअल्थ अन्द ब्रिघ्त फुतुरे रेकुइरे दैल्य मिल्क्” रहेको छ।
दूधमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन, खनिज तत्व लगायतका पोषक तत्वहरूले बालबालिकाको शारीरिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरूले बताउँदै आएका छन। विज्ञप्तीमा भनिएअनुसार नियमित दूध सेवनले हड्डी र दाँतलाई मजबुत बनाउन, प्रतिरक्षा प्रणाली सुदृढ गर्न तथा सम्पूर्ण शारीरिक वृद्धि र मानसिक विकासमा सहयोग पु–याउँछ।
नेपाल डेरी एसोसिएसनका अनुसार, पछिल्लो तथ्यांकअनुसार प्रत्येक व्यक्तिले वर्षमा कम्तीमा ९२ लिटर दूध सेवन गर्नुपर्नेमा हाल औसत ८५ लिटर मात्र उपभोग हुने गरेको छ। यसलाई न्यूनतम स्तरमा पुर्याउन बालबालिकालाई दैनिक दूध सेवनमा प्रोत्साहित गर्न विद्यालय, अभिभावक र शिक्षकहरूको भूमिका महत्वपूर्ण रहने बताइएको छ।
देशभरका प्रदेश तथा जिल्ला कार्यसमितिहरूको पहलमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना हुने भएको एसोसिएसनले जनाएको छ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले विज्ञप्ति जारी गर्दै सबै बालबालिकाको स्वास्थ्य र उज्ज्वल भविष्यका लागि दूध सेवनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन।