अर्थमन्त्री खनाल र जाइकाका वरिष्ठ उपाध्यक्ष सोईबीच भेटवार्ता
News Desk
Oct-15 , 2025 तारिख 12:06 बेलुका

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेसनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटका क्रममा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भयो। भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीसमेत सहभागी थिए।

विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन यहाँ आएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको यहाँ स्थित राजदूतावासले जनाएको छ ।

 

धेरै पढिएको