नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन ठगी आरोपमा पक्राउ
News Desk
Oct-29 , 2025 तारिख 12:45 बेलुका

काठमाडौं नेकपा एमालेका पूर्वसांसद र व्यवसायी देवीप्रकाश भट्टचनलाई प्रहरीले ठगी आपराधिक विश्वासघात आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसूरमा पक्राउ गरेको छ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनलाई मंगलबार ललितपुरको गोदावरी नगरपालिका ३ बाट नियन्त्रणमा लिएको हो भट्टचन प्रभु समूहका अध्यक्ष र प्रभु मनि ट्रान्सफर प्रालिका प्रमुख सञ्चालक हुन्

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार भट्टचनमाथि प्रभु म्यानेजमेन्ट प्रालिमार्फत देशभरका सहकारी संस्थाहरूको रकम हिनामिना गरेको आरोप छ उनलाई सोही प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो

भट्टचनविरुद्ध करिब ९८ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले एक वर्षअघि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गरेकी थिइन् जाहेरीपछि लामो समयदेखि अनुसन्धान प्रक्रियालाई प्रभाव पार्दै भट्टचन फरार रहेका थिए

प्रभु म्यानेजमेन्टले देशभरका करिब तीन हजार सहकारी संस्थामार्फत बिप्रेषण कारोबार गर्दै आएको थियो तर कम्पनीले ती सहकारी संस्थाहरूलाई दिनुपर्ने भुक्तानी र धरौटी रकम भुक्तान नगरेपछि सहकारी संस्थाहरू ठगिएका थिए

सिआइबीद्वारा जारी विज्ञप्तिअनुसार प्रभु मनि ट्रान्सफर प्रालिले नेपाल राष्ट्र बैंकबाट रेमिट कारोबारको अनुमति पाएको थियो त्यसपछि कम्पनीले प्रभु म्यानेजमेन्ट प्रालिलाई सुपर एजेन्टका रूपमा नियुक्त गरी देशभरका सहकारीमार्फत विप्रेषण रकम वितरण गर्ने जिम्मा दिएको थियो तर सो व्यवस्थाको दुरुपयोग गर्दै भट्टचन र तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामाले करोडौं रुपैयाँ हिनामिना गरेको प्रमाण जुटेको बताइएको छ

नेपाल राष्ट्र बैंकले जारी गरेको विप्रेषण विनियमावली २०७९ अनुसार कम्पनीले प्राप्त रकम लाभग्राहीलाई स्वयं वा आधिकारिक सब एजेन्टमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि प्रभु म्यानेजमेन्टले सहकारीमार्फत रकम भुक्तानी गरेपछि त्यसको सोधभर्ना नगरी रकम आत्मसात गरेको देखिएको छ

देशभरका तीन दर्जनभन्दा बढी सहकारी संस्थाहरूले यसबारे उजुरी दिएका थिए त्यसपछि जिल्ला अदालत काठमाडौंले भट्टचनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो अदालतको आदेशका आधारमा सिआइबीको टोलीले उनलाई ललितपुरको टौकेल क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ

सिआइबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ पूर्वसांसद भट्टचनले प्रभु समूहका विभिन्न कम्पनीमार्फत रेमिट कारोबारका नाममा सहकारीहरूको करोडौं रकम दुरुपयोग गरेको प्रारम्भिक प्रमाण भेटिएको छ उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ

धेरै पढिएको