News Desk
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले आजदेखि सातामा चारपटक नियमित हवाई उडान सुरु गरेको छ। ट्वीनअटर जहाज बिग्रिएपछि पाँच महिनासम्म हप्तामा एकपटक मात्र उडान हुँदै आएकोमा मर्मत सम्पन्न भएपछि फेरि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान तालिका लागू गरिएको स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए।
१९ सिट क्षमताको ट्वीनअटर जहाज काठमाडौँबाट बिहान ६:३० र रेसुङ्गाबाट ७:30 बजे उडान भर्नेछ। काठमाडौँ–गुल्मी भाडा ७,५०० र गुल्मी–काठमाडौँ ७,३०० निर्धारण गरिएको छ। दिउँसो हावाको दबाब उच्च हुने भएकाले उडान बिहानमै सञ्चालन गरिएको निगमले जनाएको छ।