News Desk
काठमाडौं । होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् ।
शनिबार काठमाडौंमा समाजिक रुपान्तरणका लागि ‘नागरिक समाजले ‘पाँचौँ विशेष नागरिक पर्यटन अवार्ड २०८२’ बाट उपसभामुख ईन्दिरा राना मगर समाजका अध्यक्ष यामबहादुर जि.सी. लगाएतले कार्कीलाई सम्मान गरेका हुन् ।
युवा पर्यटन व्यवसायी कार्की होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष हुन् । सामाजिक कार्यमा समेत सक्रिय रही विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएका कार्की निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् । जो पर्यटन व्यवसायको क्षेत्रमा प्रखर वक्ता, समाजसेवी साथै खेलकुद अभियन्ताका रुपमा पनि चिरपरिचित छन्। लामो समय पर्यटन, खेलकुद प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सरल स्वभावका रोहित कार्की विभिन्न संघसंस्थामा आवद्ध छन् ।