सहकारीमा जम्मा गरेको रकम वर्षौँसम्म नपाएपछि बचतकर्ताहरू पुनः आन्दोलनमा
News Desk
Nov-22 , 2025 तारिख 01:17 बेलुका

सहकारीमा जम्मा गरेको रकम वर्षौँसम्म नपाएपछि बचतकर्ताहरू पुनः आन्दोलनमा उत्रिएका छन्। जेन–जी आन्दोलनपछि पनि सहकारीका सञ्चालकमाथि कारबाही नबढेको भन्दै शुक्रबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयअगाडि धर्ना र नाराबाजी गरियो।

समितिका अनुसार अझै ७४ हजार बचतकर्ताले करिब ३९ अर्ब रुपैयाँ फिर्ता पाएका छैनन्। गत वर्ष ३ अर्ब २९ करोड फिर्ता गरिए पनि धेरैले आंशिक मात्र रकम पाए। पीडितहरू समितिमाथि ढिलाइ, राजनीतिक प्रभाव र कमजोर व्यवस्थापनको आरोप लगाइरहेका छन्।

सरकार र समितिले रकम फिर्ताको प्रक्रिया अघि बढाइरहे पनि बचतकर्ताहरू भने छिटो र प्रभावकारी उपायको अपेक्षासहित निरन्तर दबाब दिइरहेका छन्।

धेरै पढिएको