श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन
News Desk
Nov-27 , 2025 तारिख 12:49 बिहान

काठ​माण्डौ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रि (NVCCI) को १४औँ वार्षिक साधारण सभाले सुनिल भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमिति अन्तर्गत उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित हुनुभ​एको छ । 

त्यस्तै महासचिवमा नवीन सारु (डोल ब थापा), कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा  पवित्रमान गुरुङ र  प्रकाश (राम) श्रेष्ठ निर्वाचित हुनुभ​एको छ भने सदस्यमा मनिशलाल प्रधान, सुशील स्थापित, दिपक मर्हजन, संजीव तुलाधर, राजु श्रेष्ठ,  श्याम मारवाडी, रश्मि पन्त, कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयूस बहादुर श्रेष्ठ, रमेश पराजुली,  विधाता श्रेष्ठ, अच्युत बहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यस्तै कार्यसमितिले किरण कुमार श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र डा सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।  

निर्वाचन अधिकृतले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नाम सार्वजनिक गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थिए।

नेपाल - भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिका अध्यक्ष दीपक कुमार मल्होत्राको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

पदस्थापन समारोहपछि नव निर्वाचित अध्यक्ष सुनिल भक्त श्रेष्ठले मन्तव्य दिनुहुदै भियतनामसँगको व्यापारिक सम्बन्धलाई विस्तार गर्न चेम्बरले थप सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “दुवै देशबीचको व्यापार क्षमता निकै ठूलो छ। अबको कार्यकालमा हामी व्यापारिक प्रमोशन, लगानी आकर्षण र व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई थप सशक्त बनाउँदै लैजानेछौं,” उहाँले भन्नुभयो।

धेरै पढिएको