माघ १ गतेदेखि लागू हुने गरी नगद कारोबार सीमा नयाँ रुपमा निर्धारण गर्ने निर्णय
News Desk
Dec-02 , 2025 तारिख 01:26 बेलुका

सरकारले नगद कारोबारमा कडाइ गर्दै एकपटकमा प्रयोग गर्न सकिने नगद रकमको सीमा थप घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गतेदेखि लागू हुने गरी नगद कारोबार सीमा नयाँ रुपमा निर्धारण गर्ने निर्णय गरेको हो।

नयाँ व्यवस्था अनुसार, पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको सेवा तथा वस्तुको खरिद–बिक्री, वा अन्य कुनै वित्तीय कारोबार अब अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फतै गर्नुपर्ने छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलका अनुसार यो व्यवस्था पारदर्शिता बढाउन, अवैध कारोबार नियन्त्रण गर्न तथा वित्तीय प्रणालीलाई सुरक्षित बनाउन ल्याइएको हो।

यसै बैठकले श्रीलंकामा हालै आएको बाढी र पहिरोबाट भएको ठूलो धनजन क्षतिप्रति दुःख प्रकट गर्दै सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय पनि गरेको छ। सरकारका अनुसार यस सहयोगले प्रभावित समुदायको राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धेरै पढिएको