"मिल्क एनालाईजर मर्मत तथा संन्चालन तालिम सम्पन्न"
News Desk
Dec-12 , 2025 तारिख 12:22 बेलुका

प्रदेश दुग्ध विकास वाेर्ड ,बागमती प्रदेश हेटौंडाकाे आ.व ८२/८३काे स्वीकृत वार्षिक कार्यक्रम अनुसार ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघकाे समन्वय र वाेर्डकाे आयाेजनामा पशुसेवा कार्यालय ललितपुर,लगनखेलकाे सभाहलमा दूध जन्य यन्त्र उपकरण ( मिल्क एनालाईजर )   मर्मत तथा संन्चालन ३ दिने तालिमकाे समापन समाराेह प्रदेश दुग्ध विकास वाेर्डका उपाध्यक्ष श्री हरि प्रसाद पाैडेलकाे साभाध्यक्ष तथा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय मधुसुदन पाैडेल, अतिथिमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका बरिस्ठ उपाध्यक्ष श्री कृष्ण प्रसाद सापकोटा, नेपाल डेरि एसाेशियसनका अध्यक्ष तथा बाेर्ड सदस्यीय प्रल्हाद दाहाल, नेपाल डेरि एसाेशियसनका केन्द्रीय सदस्य रमेश सन्जेल तथा दुग्ध विकाश वाेर्डका निर्नेशक सुशील के.सीको उपस्थितिमा सम्पन्न भयो । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सापकोटाले सिकेको कुरा सधैं व्यवहारमा उतार्नु पर्छ अनि मात्र सहि सदुपयोग हुने कुरा बताउनु भयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं बोर्ड सदस्य प्रल्हाद दाहालले यस्ता तालीमले धेरै किसानलाई ठूलो फाइदा हुने गरेको र सानो समस्या हुँदा पनि मर्मतका नाममा अनावश्यक खर्च हुने कुराबाट बच्न ठूलो सहयोग पुग्ने कुरा बताउँदै बागमती प्रदेशमा अनिवार्य दुई समय दूध!संकलन गर्न बोर्डले पहल गर्नु पर्ने कुरा राख्नु भयो । प्रमुख अतिथि मन्त्री पौडेलले आफूले किसानको समस्या राम्रोसँग बुझेको र सकेसम्म सबै किसिमका समस्या हल गर्न प्रयास गर्ने कुरा राख्नु भयो । कार्यक्रममा सभापति बोर्डका उपाध्यक्ष हरि पौडेलले यस्ता तालीम गेर्दा सामान्य लागे पनि यसले धेरै नै हित गर्ने कुरा बताउँदै आउँदा दिनमा पनि बोर्डले आवश्यकता हेरेर कार्यक्रम बनाउने र सबैसँग सहकार्य गर्दै आगामी बढ्ने कुरा बताउनु भयो भने कार्यक्रम संचालन प्रदेश दुग्ध विकास वाेर्डका अधिकृत प्रदिप सापकोटाले गर्नु भएकाे थियाे। तालिमको सहजिकरण हेक्जा ईलेक्टाेनिक्स प्रा लीका संचालक नारायण पाैडेलले गर्नु भएकाे थियाे । 

बोर्डले दुग्ध किसान र उद्योगीलाई हित हुने यस्ता विभिन्न कार्यक्रमहरु गर्ने गरेको जानकारी बोर्डका अधिकृत प्रदिप सापकोटाले गराउनु भयो । कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

धेरै पढिएको