नियम उल्लङ्घन गर्ने तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही
News Desk
Dec-23 , 2025 तारिख 12:53 बेलुका

पछिल्ला दिनहरूमा नियमित रूपमा बजार अनुगमन गर्दै स्वच्छता र उपभोक्ता हित संरक्षणमा सक्रिय रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियम उल्लङ्घन गर्ने तीन वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ।

विभागका अनुसार कोटेश्वरस्थित होटल ब्लिस्फुल प्रालिलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँ र चन्डेश्वरी नेवारी खाजा घरलाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो। ती फर्ममाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ अनुसार कसुर पुष्टि भएपछि सोही ऐनको दफा ३९(१) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

यसै क्रममा विभागले अन्य ११ वटा फर्ममा स्थलगत निरीक्षण तथा अनुगमन गरी आवश्यक सुधारात्मक निर्देशनसमेत दिएको छ। कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री–वितरण रोक्ने तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दीएको विभागले स्पष्ट पारेको छ।

धेरै पढिएको