मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटक १८.७१ प्रतिशतले वृद्धि
News Desk
Jan-01 तारिख 12:24 बेलुका

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना बढी विदेशी पर्यटक भित्रिएका छन्। यस वर्ष कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ पुगेका हुन्। तीमध्ये ८२ प्रतिशत सार्क राष्ट्रका र बाँकी १८ प्रतिशत अन्य मुलुकका छन्, जसमा भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ। यद्यपि, सेप्टेम्बरदेखि नोभेम्बरसम्मको आन्दोलनका कारण अपेक्षित वृद्धिदर भने हासिल हुन सकेन।

धेरै पढिएको