News Desk
पोखरा । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको साधारण सभा आज मिति २०८२ साल पौष २८ गते सोमबारका दिन कार्यसमिति तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ।
सभा नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेश अध्यक्ष श्री शिवहारी आचार्यको अध्यक्षता एवं केन्द्रिय सल्लाहकार सुरेश बहादुर श्रेष्ठ, ज्ञानेन्द्र बजगाई, केन्द्रिय सदस्य राम बरालको उपस्थितिमा कार्यक्रम भएको थियो।
साधारण सभामा प्रदेश अध्यक्ष चयन, कार्यसमिति विस्तार तथा थप सदस्य मनोनयन सम्बन्धी प्रस्तावहरू क्रमशः प्रस्तुत भई छलफल गरिएको थियो। उपस्थित सम्पूर्ण सदस्यहरूबीच भएको आपसी छलफल तथा सहमतिपछि आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
निर्वाचित पदाधिकारीहरू एवं सदस्यहरु :–
अध्यक्ष : श्री प्रवीण कँडेल
उपाध्यक्ष : श्री शान्ति कुमारी सिग्देल
सचिव : श्री निर्मल भण्डारी
कोषाध्यक्ष : श्री शन्तोष बजगाईं
सदस्यहरू : श्री आनन्द बजगाईं र अरु दुईजना पछि कार्यसमितिले मनोनीत गर्ने निर्णय भयो ।
सभामा नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सल्लाहकार सुरेश बहादुर श्रेष्ठले गण्डकी प्रदेशमा दुग्ध उद्योगको प्रवर्द्धन, किसान र उद्योगीबीच समन्वय सुदृढ गर्ने बिचार ब्याक्त गर्दै अर्का सल्लाहकार ज्ञानेन्द्र बजगाईले नवनिर्वाचित टिमलाई शुभकामना दिदै नेपाल डेरी एसोसिएसनको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले आगामी दिनमा एसोसिएसनलाई अझ सशक्त र प्रभावकारी बनाउँदै प्रदेशस्तरमा दुग्ध क्षेत्रका साझा समस्याहरू समाधानतर्फ केन्द्रित भएर अघि बढ्ने कुरा राख्दै कार्यक्रमका अध्यक्ष शिवहरि आचार्यले यहि ६ र ७ गते हुने केन्द्रिय महाधिवेशनमा सहभागी हुन सबैलाई आग्रह गरे ।