दुई वटा फर्मलाई नगद जरिवाना
News Desk
Jan-14 तारिख 12:20 बेलुका

नियमित बजार अनुगमन तथा निरीक्षणका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ। अनुगमनका बेला अनियमितता फेला परेपछि विभागले बीएस धवलागिरि ट्रेडर्सलाई १० हजार रुपैयाँ र सिन्धु मेटेरियल्स प्रालिलाई १५ हजार रुपैयाँ जरिवाना तोकेको हो।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा उल्लेखित विभिन्न प्रावधानको उल्लंघन गरेको पुष्टि भएपछि ती फर्महरूलाई कारबाही गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा विभागले कुल १४ वटा फर्मको निरीक्षण गरेको भए पनि बाँकी १२ वटा फर्मलाई भने आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

पछिल्लो समय विभागले निर्माण सामग्री बिक्री वितरण गर्ने फर्महरूलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्र बनाएको छ। स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवाला निकायको सहभागितामा नियमित रूपमा अनुगमन भइरहेको र कैफियत देखिएमा कानुनअनुसार कारबाही तथा नगद जरिवाना गर्ने प्रक्रिया जारी रहेको विभागले स्पष्ट पारेको छ।

धेरै पढिएको