पाँच व्यक्तिलाई ‘स्किल हिरो अवार्ड’ प्रदान
News Desk
Jan-20 तारिख 11:58 बेलुका

काठमाडौं l सीपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच व्यक्तिलाई ‘स्किल हिरो अवार्ड’ प्रदान गरिएको छ। विभिन्न विधामा सक्रिय रहँदै समाजमा सकारात्मक प्रभाव पारेकालाई उक्त अवार्डमार्फत सम्मान गरिएको हो।

पर्यटन तथा आतिथ्य क्षेत्रमा ऋषभ अग्रवाल, कला तथा संस्कृतिमा किशोर कायस्थ, उद्यमशीलतामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, विज्ञान तथा प्रविधिमा ग्लोकल टिन हिरो २०१९ का विजेता समीर फुयाँल तथा प्रशिक्षुतामा सोनाम नेम्वाङ सम्मानित भएका छन्।

ग्लोकल प्रा.लि.को इकाइ ग्लोकल आफ्टर स्कूलद्वारा आयोजित ‘स्किल विक २०२६’ को सातौँ संस्करण सोमबार ललितपुरस्थित द प्लाजामा सम्पन्न भएको हो।

युवाहरूलाई विविध सीप, सिर्जनशील सोच र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्किल विक २०२६’ यस वर्ष विशेष उत्सवको रूपमा मनाइएको आयोजकले जनाएको छ।

जनवरी ११ देखि १६ सम्म चलेको कार्यक्रममा कार्यशाला, सीप–आधारित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेटिएका थिए।

धेरै पढिएको