टि–२० विश्वकप क्विजका विजेतालाई साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पुरस्कार वितरण
News Desk
Feb-26 तारिख 02:03 बिहान

काठमाडौं | साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड को केन्द्रीय कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा टि–२० विश्वकप क्विज अभियानका भाज्ञ्शाली विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

कार्यक्रममा विजेताहरूलाई कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सम्मानसहित पुरस्कार प्रदान गर्नुभयो।विजेताहरुलाई खाद्यान्न आदि सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको थियो । पुरस्कार प्राप्त गरेपछि विजेताहरूले यस अभियानले आफूहरूमा उत्साह र प्रेरणा थपिएको प्रतिक्रिया दिएका छन।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले क्विज अभियानलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिताको अपेक्षा गरिएको उल्लेख गर्दै कर्पोरेसन उपभोक्ता र सेवाग्राहीको सर्वोपरि हितमा समर्पित रही सेवा प्रवाह गर्दै आएको बताउनुभयो।

उक्त कार्यक्रममा कर्पोरेसनका उच्च पदस्थ अधिकारी तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

धेरै पढिएको