चेम्बर अध्यक्ष अग्रवालले काठमाडौँस्थित पद्मकन्या मतदान केन्द्रमा पुगेर ग​रे म​त​दान​
News Desk
Mar-06 तारिख 01:17 बिहान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले काठमाडौँ, डिल्लिब​जार​ स्थित पद्मकन्या विद्याश्र​म​  माध्य​मिक विद्याल​य​ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन।

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अग्रवालले आफूले दिएको मत परिवर्तन, पारदर्शिता र समृद्धिको पक्षमा रहेको बताए। उनले मताधिकार केवल प्रतिनिधि छनोटका लागि मात्र नभई राष्ट्रको समग्र विकास र आत्मनिर्भर नेपालको लक्ष्यलाई अघि बढाउने माध्यम भएको उल्लेख गरे।

 नागरिकले दिने प्रत्येक मतले देशको भविष्य र नीतिगत दिशालाई प्रभाव पार्ने भएकाले सबै मतदाताले जिम्मेवारीका साथ मतदान प्रक्रियामा सहभागी हुनु आवश्यक र​हेको उन​ब्ले उल्लेख​ ग​रे।  

अध्यक्ष अग्रवालले लोकतन्त्रलाई बलियो बनाउन नागरिकको सक्रिय सहभागिता अनिवार्य हुने उल्लेख गर्दै मतदानमार्फत जनताको आवाज सशक्त रूपमा अभिव्यक्त हुने बताए।

धेरै पढिएको