News Desk
काठमाडौं । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डेरी उद्यमी तथा अक्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सका निवर्तमान अध्यक्ष प्रल्हाद दाहाल सम्मानित भएका छन् l अप्टिमिस्ट इन्टरनेशनल एसिया डिस्ट्रिक्टले दाहाललाई सम्मान–पत्र प्रदान गर्दै कृषि क्षेत्रको विकास, डेरी व्यवसाय प्रवर्द्धन तथा मोही अभियानमार्फत कृषिजन्य उत्पादनको प्रवर्द्धनमा उनले पुर्याएको योगदानको उच्च कदर गरेको जनाएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–२ मा पिता चित्रप्रसाद दाहाल र माता हरिमाया दाहालका सुपुत्रका रूपमा जन्मिएका दाहाल हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका–८ मा बसोबास गर्दै आएका छन्। उनले डेरी उद्यमशीलता, कृषि उत्पादनको प्रवर्द्धन तथा मोही उपभोग अभियानमार्फत कृषि क्षेत्रलाई सुदृढ बनाउन सक्रिय भूमिका खेल्दै आएका छन्।
अप्टिमिस्ट इन्टरनेशनल एसिया डिस्ट्रिक्टका गभर्नर प्रतापबहादुर थापाले २०८२ फागुन ३० गते आयोजित कार्यक्रममा दाहाललाई सम्मान–पत्र प्रदान गरेका हुन्। संस्थाले दाहालले आगामी दिनमा पनि कृषि तथा सामाजिक क्षेत्रमा सकारात्मक मार्गनिर्देशन गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको छ।
संस्थाले सम्मान-पत्रमार्फत दाहालको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गरेको छ।