चेम्बरका निवर्तमान अध्यक्ष मल्लको अगुवाइमा त्रिपक्षीय सम्झौता सम्पन्न
News Desk
Mar-19 तारिख 06:58 बेलुका

काठमाडौं, चैत ५ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल र चीन सामान्य वस्तु वाणिज्य संघ अन्तर्गतको होम एन्ड लिभिङ उद्योग शाखा तथा झेजियाङ उद्यमीहरूको महासंघ अन्तर्गतको नयाँ खुद्रा तथा आपूर्ति शृङ्खला समितिका वय वेन्क्सियाङ तथा होम लिभिङ एन्ड न्यू रिटेल सप्लाइ चेन एसोसिएसन अफ झेजियाङ इन्टरप्रेन्योर्सका ये झेहेनबीच सहकार्य विस्तार गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौताले व्यापार सहजीकरण, औद्योगिक सहकार्य तथा मापदण्डहरूको पारस्परिक मान्यता प्रवर्द्धन गर्दै नेपाली उत्पादनलाई चिनियाँ बजारमा पहुँच विस्तार गर्ने र चिनियाँ लगानी नेपाल भित्र्याउने लक्ष्य लिएको छ। तीन वर्षे अवधिको यस सहकार्यअन्तर्गत संयुक्त प्रदर्शनी, सूचना आदान–प्रदान, तालिम तथा व्यवसायिक भ्रमण जस्ता कार्यक्रम सञ्चालन गरिनेछन।

यसै अवसरमा निवर्तमान अध्यक्ष मल्लले चीन (शाङ्घाई) अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु मेला तथा आधुनिक जीवनशैली प्रदर्शनीमा सम्बोधन गर्दै य​स​ सहकार्यले व्यापार, पर्यटन, कृषि, सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ता क्षेत्रमा नयाँ सम्भावनाहरू सिर्जना गर्ने बताएका छन। उनले यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले लगानी प्रवर्द्धन, ज्ञान आदान-प्रदान तथा दिगो साझेदारी विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कार्यक्रमको सफलताको कामना गरेका छन।

धेरै पढिएको