सार्क चेम्बरका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालद्वारा पदभार ग्रहण
News Desk
Apr-20 तारिख 06:29 बेलुका • आज

काठमाडौं । सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो कार्यभार औपचारिक रूपमा सुरु गरेका छन्। शनिबार आयोजित एक समारोहबीच उनले बंगलादेशका रेल तथा संसदीय मामिलामन्त्री शेख रविउल आलमसमक्ष शपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन्।

ढकाल सन् २०२६–२०२८ को कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका थिए। पदभार ग्रहणपश्चात उनले दक्षिण एसियाली क्षेत्रको आर्थिक समृद्धि, व्यापार विस्तार तथा क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउन आफ्नो भूमिका सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

उनले सार्क क्षेत्रका देशहरूबीच आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र निजी क्षेत्रको सशक्तिकरणमार्फत साझा समृद्धि हासिल गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।