News Desk
भरतपुर/चितवन उद्योग संघको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको ७ दिने औद्योगिक अवलोकन भ्रमणको समापन भएको छ ।
बैशाख ९ गतेदखि वागमती प्रदेश चितवनबाट शुरु भएको भ्रमणमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका करीब १३ वटा जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य तथा मुगुको रारा तालको अवलोकन गरिनुका साथै कालिकोट उद्योग वाणिज्य संघका पदाधिकारीबीच दुबै छलफल, रारा जुस प्रोडक्सन उद्योग, रारा कोशेली घर, स्थानीय उत्पादनहरुको प्रबद्र्धन गरिएको चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईले जानकारी दिनुभयो । भ्रमणमा सहभागी सदस्यहरुको रारा पहिलो भ्रमण रहेको र सदस्यहरुमा निकै उत्साह, उमङ्ग हुँदाहुँदै पनि भौगोगिक दृष्टिकोणका कारण उत्तिकै डरका वावजुद सम्पन्न भएको ७ दिने भ्रमणमा सदस्यहरुले पारिवारिक वातावरणमा आ–आफ्ना तर्फबाट प्रस्तुत गरिएका सन्देशमुलक जानकारी, गीत, गजलहरुले निकै रोमान्चित बनाएको थियो । .
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व र चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईको संयोजनमा शुरु भएको भ्रमणमा २३ जनाको सहभागिता रहेको छ । भ्रमणलाई टेक योर सिटका प्रबन्ध निर्देशक अमृत सागर भट्टराईले सहजीकरण गर्नुभएको थियो ।