नेपाल उद्योग वाणिज्य संघ काठमाडौंमा रमानाथ श्रेष्ठको नेतृत्व, नयाँ कार्यसमिति सर्वसम्मत चयन
News Desk
May-23 तारिख 09:41 बेलुका

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रमानाथ श्रेष्ठ को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, उज्ज्वल जंग पराक्रम शाह तथा राजेन्द्र शेरचन निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य, कोषाध्यक्षमा प्रदीपमान प्रधान तथा सहकोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी ‘क’, दीपक भण्डारी ‘ख’, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा तथा नरेश कुमार अग्रवाल चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत अरुण पौड्यालले सपथ ग्रहण गराएका थिए ।

यसैबीच, पहिलो कार्यसमिति बैठकले राजेन्द्र संग्रौला, मिना गोपाली, गणपतिलाल श्रेष्ठ, कुशन प्रधान र लक्ष्मी खनाललाई मनोनीत सदस्यका रूपमा चयन गरेको छ । मनोनीत सदस्यहरूलाई अध्यक्ष रमानाथ श्रेष्ठले सपथ ग्रहण गराउँदै कार्यसमितिले पूर्णता पाएको घोषणा गरेका छन् ।

अधिवेशन बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले उद्योग तथा व्यवसाय प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक गतिविधि विस्तार गर्न सरकार तयार रहेको उनको भनाइ थियो ।