चेम्बरको सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति उपसभापतीमा शाक्य र ताम्राकार
News Desk
Jul-21 तारिख 04:37 बेलुका

 काठमाडौँ । चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रमेश महर्जनको सभापतित्वमा गठित नेपाल सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समितिको उपसभापतीमा दियेशरत्न शाक्य र सुमनमान ताम्राकार चयन भएका छन् । त्यसैगरि समितिको सदस्यहरुमा केशर सेन्चुरी, विशन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सूर्यकुमार वराल, अर्जुन विश्वकर्मा मनोनित भएका छन् । उनीहरुलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मनोनयन गरेका हुन ।

यसैमाझ बुधबार चेम्बर अध्यक्ष मल्लले समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् । नव मनोनित पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्दै चेम्बर अध्यक्ष मल्लले यस समितिमा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रको प्रवद्र्धनको लागि तय गरिने नीति तथा पैरवीको लागि उल्लेखनिय भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालको पनि उपस्थिति थियो ।

 

 

Open photo