आर बि रौनियार चेम्बर अफ कमर्श अन्तर्गत लजिष्टिक समितिमा मनोनित
News Desk
Jul-26 तारिख 04:27 बेलुका

काठमाडौं- पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हासिल गरेका आर बि रौनियार चेम्बर अफ कमर्श अन्तर्गत लजिष्टिक समितिमा मनोनित भएका छन् । रौनियारलाई नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उक्त समितिमा मनोनित गरेका हुन । उक्त समितिको सभापतिमा नेपाल चेम्बरका मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा रहेका छन् । लजिष्टिक, ट्रन्सपोर्ट एण्ड अटोमोवाइल समितिको सदस्यमा मनोनित आर बि रौनियारलाई अध्यक्ष मल्लले सोमबार नै मनोनयन पत्र प्रदान गरेका छन् ।

सो अवसरमा चेम्बर अध्यक्ष मल्लले यस समितिमा पारवहन तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव हासिल गरेका रौनियारको प्रतिनिधित्व भएकोले चेम्बरले पारवहन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गर्न सक्ने अपेक्षा राख्दै बताउदै रौनियारको कार्यकालको सफलताको कामना गरे ।