वालिङमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडलको डिपो कार्यालय स्थापना
News Desk
Jul-27 तारिख 02:15 बेलुका

 वालिङ-कृषकलाई सहजरुपमा मलखाद तथा अन्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वालिङमा डिपो कार्यालय स्थापना गरेको छ । डिपो स्थापनासँगै पहिलो चरणमा यहाँका कृषकको मागलाई दृष्टिगत गर्दै अनुदान तथा गैरअनुदानका मलखाद तथा अन्य सामग्री बिक्री वितरण गर्ने कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोही मार्फत कृषकलाई मलखाद उपलब्ध गराउनेछ ।

डिपोले अनुदानमा युरिया, डिएपी र पोटास उपलब्ध गराउनेछ भने बहुतत्वयुक्त मल गैरअनुदानमा बिक्री गर्नेछ । डिपोबाट एसएसपी सादा, जिङ्क, एसएसपी बोरन, एमोनियम सल्फेट गरी चार प्रकारका मलहरु साथै सेवाग्राहीको मागका आधारमा नुन, चिनी लगायतका अन्य सामग्रीहरु सुपथ मूल्यमा बिक्री गर्नेछ ।