सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको एलिनाको जिकिर
News Desk
Jan-25 तारिख 06:58 बिहान

गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको बताएकी छिन।

केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध वियोगमा परिणत भएको समाचारआएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी हुन।

उनले एक स्टाटस लेख्दै  आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?के कसैलाई मैले बनाउन लगाएको हो ?’

उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो इच्छाबिना समाचार बनाएको प्रति रोष प्रकटसमेत गरिन। उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन।

 

धेरै पढिएको