गायिका सोना अमात्यको 'आइ एम द सुपरस्टार'सार्वजनिक
News Desk
Feb-06 तारिख 02:52 बेलुका

२३ माघ ,काठमाडौं । गायिका सोना अमात्यले चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँगको सहकार्यमा नयाँ गीत ‘आइ एम द सुपरस्टार` सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा सुरज विक्रम थापा(बुलेट फ्लो) र गिरिश खतिवडाको शब्द एवम् संगीत रहेको यस गितमा खतिवडा संगै ओ२एमएल(पीग इ प्रोड)ले प्रतिध्वनि दिने ताल निकालेका छन् ।

भारतीय चर्चित निर्देशक विशाल खरातले निर्देशन गरेका उक्त भिडियो नेपाली दर्शकको लागि खास बन्न सक्छ। निर्देशक खरातले कथावाचनलाई उत्कृष्ट रुपले पस्केका छन् । गितको भिडियोलाई आलोक शुक्लाले छायांकन र विशाल खरातले सम्पादन गरेका छन् ।

भिसी स्टुडियो, मुम्बईले अनलाइन व्यवस्थापन गरेको भिडियोको ग्रेडिङ सीएएच फोर स्टुडियोले गरेको छ । फुल सर्कल को प्रस्तुति रहेको यस गितको भिडियोमा इश्वर बल्लभ उप्रेतीको निर्माण संयोजक, प्रशान्त तामाङ र इश्वर बल्लभ उप्रेतीको कोरियोग्राफी रहेको यस गितमा गायिका सोना अमात्य, चर्चित ¥यापर गिरिश खतिवडा र तिब्र ¥यापरको बुलेट फ्लोको अभिनय देख्न सक्छौ ।

गीतको कथाले सबै भित्रको जन्मजात सुपरस्टारलाई जोड दिएको छ । गीतले दर्शक श्रोतामाझ प्रतिध्वनि गर्नेमा गायिका सोना विश्वस्त छिन् । गितको भिडियोलाई सोना अमात्यको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।सोना विशेषत पप, लोक, शास्त्रीय, आधुनिक गायनमा परिचित छिन् ।

धेरै पढिएको