‘र्‍याप ब्याटल नेपाल’को अडिसन शुटिङ्गका लागि टोली प्रस्थान
News Desk
Feb-15 तारिख 06:32 बेलुका

काठमाडौँ । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली शुटिङ्गका लागि प्रस्थान गरेको छ । ‘र्‍याप ब्याटल नेपाल’को टिम विहिबार काठमाण्डौंबाट सिक्किमका लागि प्रस्थान गरेको हो । टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाई गरेका हुन ।  

‘र्‍याप ब्याटल नेपाल’ एपीवान टेलिभिजनमा अप्रिलबाट प्रसारण आउदैछ । नेपाली सांगीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी यस शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताए। युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहौलमाझ रम्ने वातावरण यस शोले दिने शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले जनाएका छन ।

यस शोको अडिसन भारतको सिक्किमसहित दार्जिलिङ र सिलिगुढीमा समेत हुदैछ । उक्त स्थानको अडिसन पश्चात नेपालमा झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुदै काठमाण्डौंमा गर्ने तय गरिएको छ । शोको अडिसन फेबु्रअरी १७ मा सिक्किमको रेमन्ती संगित एकेडेमी,फेबु्रअरी १९ मा दार्जिलिङको होटल युमा, फेबु्रअरी १९ मा सिलिगुढिको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोड स्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन ईन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुर स्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाईड स्थित क्लब सिक्स्टिन र २१ एवं २२ फागुनमा काठमाडौँमा हुँदैछ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने आयोजकको तयारी छ ।

धेरै पढिएको