‘रुमानी रंग’ चलचित्रका लागि आईआईएफटीका विद्यार्थीले ड्रेस तयार गर्ने
News Desk
Apr-07 तारिख 02:47 बेलुका

काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली चलचित्र ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको उक्त चलचित्रका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना बिद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको हो ।

 ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जनले जानकारी दिइन् । सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा विभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।

 आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस चलचित्रलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् ।  ‘रुमानी रंग’ को ९०  प्रतिशत छायाँकन अस्ट्रेलियामा गरिने बतार्इएको छ ।

धेरै पढिएको