‘ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१’ को दसौं संकरणको आवेदन फारम खुल्ला ।
News Desk
Jul-07 , 2021 तारिख 01:47 बेलुका


मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड कार्यक्रमहरुको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर वसेका युवतीहरुमा केन्दि«त गरी विगत १० वर्षदेखि निरन्तर रुपमा गर्दै आएको  ( ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) नामक  कार्यक्रमको आवेदन फारम खुल्ला गरीएको जानकारी गराउदछौ । यस कार्यक्रमको लागि व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज रहेको छ भने मुख्य प्रायोजकमा नामि कलेज रहेको छ । साथै अन्य कलेजहरुमा क्याम्पीयन एकाडमी, साउथ वेस्टन स्टेट कलेज ,रेडन कलेज आदिको सहयोग रहेको छ ।
यो प्रतियोगितामा २०७७ सालमा एसईइ परिक्षामा समावेश भएको र आफ्नो नतिजाको पर्खाइमा रहेका छात्राहरुल सहभागिता गर्न पाउनेछन । उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगि  र मनोरन्जन तथा मोडलिङयात्राको लागि पनि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो । प्रतियागिताको आवेदन फारम २०७८  श्रावण १५ गते सम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्नु हुनेछ । काठमाडौ तथा उपत्यका वाहिर जिल्लामा रहेका विभिन्न स्कुलका एसइइ रिजल्टको प्रतिक्षामा रहनु भएका छात्राहरुले आवेदन फारम भर्न सक्नु हुने छ ।
उक्त प्रक्रियावाट छनौट भएका  प्रतियोगीहरुलाई २०७८ साल श्रावण तेस्रो सातावाट  प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा  मोडलिङ ,फेशन सो , ¥याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने  विभिन्न कलेजहरुको भ्रमण  गराइने छ ।
स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफी रोजीन शाक्यले गर्नु हुनेछ  ।
२०७८ साल भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ । प्रतियोगिताका विजेताले “ह्वाइट हाउस  एसईइ प्रिन्सेज २०२१ ) को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप ,मोवाइल,म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।