केभिन डे ब्रुएनाले जिते वर्ष खेलाडीको अवार्ड
News Desk
Sep-09 , 2020 तारिख 01:43 बेलुका

लन्डन — भाद्र २४, २०७७। 

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएनाले मंगलबार व्यावसायिक फुटबल संघको वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

यस उपलब्धिका लागि २९ वर्षीय खेलाडीले आफ्ना व्यवस्थापक पेप ग्वार्डिओलालाई श्रेय दिएका छन् ।

महिलातर्फ चेल्सीकी बेथ इंग्ल्यान्डले यो उपाधि हात पारिन् । उनको उत्कृष्ट प्रदर्शनमा चेल्सीले महिलाको सुपर लिग लिग कप दुवै जितेको थियो ।

लिभरपुलका ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड वर्षका युवा खेलाडी घोषित भए । डे ब्रुएनाले यो उपाधिका लागि लिभरपुलका भर्जिल भान डाइक, साडियो माने, जोर्डन हेन्डरसन र आफ्नै क्लबका रहिम स्टर्लिङलाई उछिनेका थिए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको