पीएसजी पहिलो खेलमा लेन्ससँग पराजित
News Desk
Sep-11 , 2020 तारिख 01:57 बेलुका

पेरिस — भाद्र २६, २०७७ ।  

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा बिहीबार लेन्ससँग स्तब्धपूर्ण हार बेहोरेको छ । यसै सिजन मात्र बढुवा भएर आएको लेन्स १–० ले विजयी रह्यो ।

त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गरे । स्टार खेलाडी केलियन एमबापेसहित सात खेलाडी कोरोना भाइरसबाट संक्रमित भएको हुँदा यो खेल हुने नहुनेमा शंका थियो ।

लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको थियो । पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ, त्यसमा आफ्ना प्रमुख खेलाडी टिममा फर्काउने प्रयास गर्नेछ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको