मेसी बार्सिलोनाबाट मैत्रीपूर्ण खेलमा सहभागी
News Desk
Sep-13 , 2020 तारिख 04:26 बेलुका

बार्सिलोना — भाद्र २८, २०७७। 

लियोनल मेसी शनिबार प्रि–सिजन मैत्रीपूर्ण खेलमा बार्सिलोनाको जर्सीमा देखा परेका छन् । यस क्रममा ४५ मिनेट मैदानमा बिताए । प्रशिक्षक रोनाल्ड कोम्यानले अर्जेन्टिनी खेलाडीलाई महत्त्व दिँदै मैदानमा उतार्न कुनै कन्जुस्याइँ गरेनन् ।

बार्सिलोनाले यस क्रममा तेस्रो डिभिजनको क्लब जिमनास्टिक टारोगोनालाई ३–१ ले हरायो । त्यसमा ओसमन डेम्बेले, एन्टोन ग्रिजमन र फिलिपे कोउटिन्होले गोल गरे । ज्याभिएर बोनिलाले टारोगोनाका लागि एक गोल फर्काए ।

मेसीले क्लब छाड्ने मनसाय फेरेयता बार्सिलोनाको जर्सीमा मैदान उत्रेको यो पहिलोपल्ट हो । मेसीको पुनरागमन प्रशिक्षक कोम्यानका लागि पनि ठूलो राहत रहनेछ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको