मिस एस.ई.ई.नेशनलका अन्तिम प्रतिस्पर्धीहरुको ट्यालेण्ट राउण्ड सम्पन्न
News Desk
Jun-20 , 2024 तारिख 03:57 बिहान

काठमाण्डौं । युजिसा इन्टरनेशनलको आयोजनामा भईरहेको छेठौं संस्करणको मिस एस.ई.ई.नेशनलका अन्तिम प्रतिस्पर्धीहरुको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । सोमबार राष्ट्रि«य नाचघरको मिनी हलमा आयोजित उक्त ट्यालेण्ट राउण्ड माझ प्रतियोगिताका अन्तिम २० प्रतियोगिहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । जसमा नृत्य, गायन, भाषण, कविता वाचन, बासुरी बादन समावेश थिए । ट्यालेण्ट राउण्डको प्रस्तुती हेर्न सभाहलमा प्रतियोगिका अभिभावक र परिवारका सदस्यहरु समेत उपस्थित थिए । 

मिस एस. ई. ई. ट्यालेण्टको उपाधिका लागि भएकोे यस कार्यक्रममा कवि,टेलिभिजन कार्यक्रम प्रस्तोता एवं निर्देशक सरोज ओझा, अन्तराष्ट्रि«य मोडल दिपक घिमिरे, मोडल एवं अभियन्ता निलम पौडेल र महिला उद्यमी शोभा गुरुङ्ग निर्णायकको भूमिकामा थिए । 

हालै सम्पन्न एस.ई.ई.परीक्षामा सामेल भई नतिजाको पर्खाईमा रहेका छात्राहरु सहभागी यस प्रतियोगिताको अन्तिम स्पर्धा भने यहि असार ६ गते हुँदैछ । यस ट्यालेण्ट राउण्डमा सर्वोत्कृष्ट हुने प्रतियोगिलाई सोहि दिन मिस एस.ई.ई.नेशनल मिस ट्यालेण्टको उपाधि समेत वितरण गरिने युजिसा इन्टरनेशनलका प्रमुख सानु खानले जानकारी दिएका छन्। प्रतियोगीहरुले चर्चित कोरियोग्राफर रोजिन शाक्यबाट ४५ दिने कोरियोग्राफी तालिम हासिल गरेको पनि उनले बताए। 

Related Post