सेन्ट एटियन लिग वानको शीर्ष स्थानमा
News Desk
Sep-18 , 2020 तारिख 12:50 बेलुका

मार्से — आश्विन २, २०७७। 

लिग वानमा सेन्ट एटियनले बिहीबार मार्सेलीलाई २–० ले हराएको छ । एटियनका लागस  रोमन हामोमा र डेनिस बोनगाले एक/एक गोल गरे । सन् १९७९ यता सेन्ट एटियनले मार्सेलाई उसकै घरमा हराएको यो पहिलो पल्ट हो ।

आन्द्रे भिलास बोएको टिमका लागि हार ठूला धक्काका रूपमा रहेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेलमा झगडाका कारण रातो कार्ड पाएका कारण मार्सेलीका लागि दुई प्रमुख खेलाडी फरवार्ड डारियो बेनेडेटो र लेफ्ट ब्याक जोर्डन अमाभीले सेन्ट एटियनविरुद्ध खेल्न पाएन् ।

यसले मार्से टिम कमजोर देखिएको थियो । स्टेड भलोड्रोममा हजार दर्शकलाई भने प्रवेश दिइएको थियो । यो जितपछि सेन्ट एटियन लगातार तेस्रो जित निकाल्नै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन पनि सफल भएको छ । उसको तीन खेलबाट नौ अंक छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको