नयाँ गाडीले चोभारस्थित सुख्खा बन्दरगाह भरिभराउ
News Desk
Jul-24 , 2024 तारिख 12:46 बेलुका

काठमाडौँ — श्रावण ९, २०८१। 

काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह नयाँ गाडीले भरिभराउ छ।

नयाँ गाडी जाँचपासका लागि चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएका हुन्। पेट्रोलबाट चल्ने र विद्युतीय गाडीहरू जाँचपासका लागि राखिएका छन्।

विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ५३ करोड रूपैयाँ लगानी गरेर यो बन्दरगाह बनाइएको थियो।

सुख्खा बन्दरगाह परिसरमा व्यवस्थापकका रूपमा भन्सार, क्वारेन्टिन र बैंकलगायत छन्।

दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिन्छ।

साथै पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ।

काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्न गाह्रो छ।

यो बन्दरगाह २०७८ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।

धेरै पढिएको