महाराष्ट्रको भिवन्डीमा तीनतले भवन भत्कियो : ८ जनाको मृत्यु
News Desk
Sep-21 , 2020 तारिख 06:12 बेलुका

मुम्बई — आश्विन ५, २०७७। 

महाराष्ट्रको भिवन्डीमा सोमबार तीनतले भवन भत्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । 

समाचार संस्था एएनआईका अनुसार स्थानीय नागरिकले कम्तीमा २० जनालाई सकुशल उद्धार गरेका छन् । अहिले पनि २० देखि २५ जना फसिरहेको हुन सक्ने राष्ट्रिय आपदा प्रतिक्रिया बल(एनडीआरएफ) ले जनाएको छ ।

अहिले एनडीआरएफ, दमकल, प्रहरी र स्थानीय नागरिकसहितको टोलीले उद्धारको प्रयास गरिरहेको छ । ४० वर्ष पुरानो उक्त भवनमा २० परिवार बस्दै आएको बताइएको छ । घटनास्थल मुम्बईबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको छ ।


(कान्तिपुर दैनिक)

धेरै पढिएको